फरार प्रतिबादी पक्राउ
२०८३-०३-२७
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०९।०३ गतेको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०३।२६ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
१. चोरी मुद्दामा २ बर्ष कैद सजाय र रु.२,०००।– जरिवाना तोकिएको लालझाडी गा.पा.३ बल्मी बस्ने बर्ष २१ को रोशन राना ।
२. चोरी मुद्दामा २ बर्ष कैद सजाय र रु.२,०००।– जरिवाना तोकिएको लालझाडी गा.पा.५ देखतभुली बस्ने बर्ष २१ को सोलेमान राना ।
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ११ महिना १६ दिन कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको धनगढी उ.म.न.पा.८ बस्ने बर्ष ३२ को हरीलाल रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शुक्रबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।