अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-२६
- A
- A-
- A+
कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३६,५६,०५०।– ( छत्तिस लाख छपन्न हजार पचास रुपैया ) बराबरको मोबाईलका पार्टपुर्जा, कपडा र किराना लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।