अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-२५
- A
- A-
- A+
कैलाली:- कैलाली जिल्ला टीकापुर न.पा.६ बाणीघाट पुल स्थितबाट अवैध रुपमा भारतबाट
भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५१,०००।– बराबरको
सुर्ति आइतबार दिउँसो इलाका प्रहरी कार्यालय टीकापुर,कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला
पारी नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर :- कञ्चनपुर जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२२,५२८।– बराबरको कपडा र किराना लगायतका सामानहरु आइतबार बेलुका जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।