अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-२४
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं ३ बोराडँडीबाट २४० मिलिग्राम अवैध लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ र तौल गर्ने काटाँ सहित सोही ठाउँ वस्ने वर्ष ३० को बबि रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।
यसैगरी, जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नं २ नयाँबजारबाट अवैध लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम सहित जिल्ला कैलाली बर्दगोरिया गाउँपालिका वडा नं १ बस्ने वर्ष २१ को संजिप चौधरीलाई इलाका प्रहरी कार्यालय सुख्खड,कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार राती शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।