अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-२३
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर पुनर्वास न.पा.१० चकमेली बजार
नजिकै हुलाकी सडक खण्डबाट अवैध लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ १
ग्राम ४१० मिलिग्राम, Nitrzpm-2 Tablets, Spamsmo-4
Tablets र Nitrazepam-24 Tablets सहित जिल्ला कैलाली,
धनगढी उ.म.न.पा.वडा नं ४ चौराह बस्ने वर्ष ३० को मनिष भट्ट, ऐ.ऐ.वडा नं ३ बडरा
बस्ने वर्ष ३० को हरि भन्ने हरिष खड्का र ऐ.ऐ. बस्ने वर्ष ३० को बिरेन्द्र चौधरीलाई
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट
खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी
पक्राउ गरेको छ ।
यसैगरी, जिल्ला कञ्चनपुर पुनर्वास न.पा.१० चकमेली बजार
नजिकै हुलाकी सडक खण्डबाट अवैध लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ ३६० मिलिग्राम
सहित जिल्ला कैलाली, धनगढी उ.म.न.पा.वडा नं २ चौराह बस्ने वर्ष २७ को नरेन्द्र
बहादुर विष्टलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट
खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी
पक्राउ गरेको छ ।