फरार प्रतिवादी पक्राउ
२०८३-०४-२३
- A
- A-
- A+
अछाम:- फैसला कार्यान्वयनको सिलसिलामा
सम्मानित जिल्ला अदालत अछामको मिति २०८२।१२।१६ गतेको फैसलाले वन्यजन्तु अवैध सिकार
मुद्दामा १ महिना कैद सजाय र रु.५,०००।– ( पाँच हजार ) जरिवाना
तोकिएको जिल्ला अछाम बान्निगढी जयगढ गा.पा. वडा नं ६ दर्ना बस्ने भिम बहादुर
साउँदलाई प्रहरी चौकी जयगढ,अछामबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो निजको घर
ठेगानाबाट पक्राउ गरेको छ ।