अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-२५
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली भजनी न.पा. वडा नं ३ सरदार चोक स्थितबाट २ ग्राम ९२०
मिलिग्राम अवैध लागूऔषध जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कैलाली जानकी गा.पा.
वडा नं ४ कन्चनपुर बस्ने वर्ष २२ को अमित डगौरालाई जिल्ला प्रहरी कार्यालय
कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुका शंका लागि चेकजाँच गर्दा उक्त
पदार्थ फेला पारी पक्राउ गरेको छ ।
कञ्चनपुर :- जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा.
१२ कालागौडी स्थितबाट अवैध लागूऔषध खैरोहेरोइन जस्तो देखिने
धुलो पदार्थ ६५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३ जना किशोरहरुलाई जिल्ला प्रहरी
कार्यालय कञ्चनपुर र लागु औषध
नियन्त्रण ब्युरो शाखा कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुका
शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।
यसैगरी, जिल्ला कञ्चनपुर
शुक्लाफाटा न.पा. १२ खल्ला सिविर स्थितबाट अवैध लागूऔषध खैरोहेरोइन जस्तो
देखिने धुलो पदार्थ ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने १६ वर्षिया किशोरलाई जिल्ला
प्रहरी कार्यालय कञ्चनपुर र लागु
औषध नियन्त्रण ब्युरो शाखा कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुका
शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।