वेवारिसे काठ बरामद
२०८३-०४-२६
- A
- A-
- A+
कैलाली :- जिल्ला कैलाली भजनी
न.पा.७ हिक्कमतपुर स्थित पुरैना सामुदायिक वनमा लुकाई छिपाई राखेको अवस्थामा सालको
गोलिया थान-६ (२१.८७ क्यु.फिट) अन्दाजी मुल्य रु.२७,०३७।- (सत्ताईस हजार
सैतिस रुपैया ) बराबरको काठ सोमबार इलाका प्रहरी कार्यालय पृथ्वीपुर,कैलालीबाट
खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक
प्रक्रिया पुरा गरी सब डिभिजन वन कार्यालय भजनी,कैलालीको जिम्मा लगाएको हो ।