प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध चरेश सहित मानिस नियन्त्रणमा

२०८३-०४-२७

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर :-  जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा.१२ कालागौडी स्थित स्थित सोही ठाउँ बस्ने वर्ष ५७ को धन सिंह कुवँरले सञ्चालन गर्दै आईरहेको चिया पसलबाट १९ ग्राम ५३० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । लागु औषध नियन्त्रण व्यूरो कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट बन्साह,कञ्चनपुरबाट खटिएको प्रहरी टोली टोलीले गोप्य सुचनाको आधारमा निजलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-२२

     कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.४७,०२०।– बराबरको बिडी, सुर्ति, प्लाष्टिक झिल्ली लगायतका सामानहरु आइतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.७७,७८५।– बराबरको बिडी, सुर्ति, मिठई, दाल, नरिवल, बिस्कुट, फलफुल, तरकारी लगायतका सामानहरु आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-२१

    कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.४,१४,८८२।– बराबरको चिनी, मिठाई,  टाई, वेल्ट, कस्मेटिक लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।      कञ्चनपुर :- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.५ नहररोडबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३२,७००।–  बराबरको सुर्ति  शनिबार राति इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-२०

     कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,२६,४००।– बराबरको कुर्ति, साडी, धोती, सुटपिस, प्लाष्टिक झिल्ली, बोइलर कुखुरा लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।        कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३०,१९,४४०।– बराबरको सुर्ति, विभिन्न कम्पनिका मोवाइलका डिस्प्ले, बिस्कुट, प्लाष्टिक झिल्ली, भारतीय नम्बरको स्कारपिओ, मोटरसाइकल थान-१ लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।