प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८३-०४-२७

  • A
  • A-
  • A+
Share

  कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७७।०५।२८ गतेको फैसलाले ज्यान मार्ने उद्योग सम्बन्धी मुद्धामा ३ वर्ष कैद सजाय र रु.५०,०००।-  जरिवाना तोकिएको जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ भिजेला बस्ने वर्ष ३६ को राकेश बहादुर चन्दलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो पक्राउ गरेको छ ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-२१

    कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.४,१४,८८२।– बराबरको चिनी, मिठाई,  टाई, वेल्ट, कस्मेटिक लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।      कञ्चनपुर :- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.५ नहररोडबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३२,७००।–  बराबरको सुर्ति  शनिबार राति इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-२०

     कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,२६,४००।– बराबरको कुर्ति, साडी, धोती, सुटपिस, प्लाष्टिक झिल्ली, बोइलर कुखुरा लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।        कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३०,१९,४४०।– बराबरको सुर्ति, विभिन्न कम्पनिका मोवाइलका डिस्प्ले, बिस्कुट, प्लाष्टिक झिल्ली, भारतीय नम्बरको स्कारपिओ, मोटरसाइकल थान-१ लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।