अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-२८
- A
- A-
- A+
कैलाली:- कैलाली धनगढी
उ.म.न.पा. २ सारदा स्कुल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका
अन्दाजी मूल्य रु.२१,६००।– बराबरको छिद्रा माछा बुधबार जिल्ला
प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी
टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर:- जिल्ला
कञ्चनपुर दोधारा चाँदनी नगरपालिका ८ नेपाल भारत सीमाना १८ नम्बर पिल्लर स्थितबाट
अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३४,२००।– बराबरको बोईलर
कुखुरा र पुनर्वास न.पा.३ SPL स्कुल नजिकैबाट अन्दाजी मुल्य रु. २०,२००।– बराबरको पेय
पदार्थ,कपडा र किराना
लगायका सामानहरु बुधबार इलाका प्रहरी कार्यालय दोदारा चाँदनी र त्रिभुवनबस्ति,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला
पारी नियन्त्रणमा लिएको छ ।