प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जली नष्ट

२०८०-०३-०१

  • A
  • A-
  • A+
Share

कैलाली- मिति २०८०।०२।३२ गते साँझतिर जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ११ बेलाताल स्थित ऐ.ऐ. बस्ने बर्ष ४९ प्रेम प्रसाद भट्टको काठले बनेको २ तले २ कोठे कच्ची घरमा  विजुलीको तार सर्टहुन गई आगलागी हुदा अन्नपात, लुगाकपडा काठपात जली अ.२०,००० बराबरको सामानहरु जली नष्ट भएको छ । उक्त आगलागी दमकल, प्रहरी र स्थानियहरुको  सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

डडेल्धुरा- बिहिबार साँझतिर जिल्ला डडेल्धुरा पर्शुराम नपा ११ उत्तरखेडा बस्ने बर्ष ६८ को धौल सिहं भाटको काँठ र खरले छाएको १ तले १कोठे गोठ नजिक कुणो पकाउन बालेको आगोबाट अचानक गोठमा आगलागी भई गोठमा रहेका १ वटा गोरु,१ वटा गाई जली मृत्यु भएको र १वटा गोरु, १वटा गाई घाईते भएको ,उक्त आगलागी प्रहरी र  स्थानियको सहयोग नियन्त्रणमा आईसकेको,ऊक्त आगलागीको क्षती बारे बिस्तृत बिबरण  आउन बाँकी रहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
सवारी दुर्घटनामा दुई जनाको मृत्यू
२०८३-०१-०२

    कैलाली:- मिति २०८३।०१।०१ गते १८:१० बजेको समयमा जिल्ला कैलाली लम्कीचुवा न.पा.वडा नं.७ गुलरा स्थित पुर्ब पश्चिम राजमार्गमा सु.प.प्र.०१-००१ ज १४२१ नं को हाईसले  बिपरित दिशा तर्फ जादै गरेको सु.प.प्र.०१-१३प ५१३९ नं मोटरसाईकललाई ठक्कर दिंदा मो.सा.मा सवार  जिल्ला कैलाली लम्किचुहा न.पा.८ बस्ने बर्ष ३३ को गगन राना मगर र ऐ.ऐ.बस्ने बर्ष २४ को पुष्प सुनार दुबै जना गम्भिर घाइते भइ उपचारको लागी टिकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा दुबै जनाको मृत्यू भएको, हाईस प्रहरीको नियन्त्रणमा, चालकको खोजतलास भईरहेको । हाईस धनिलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।