आगलागीबाट बिभिन्न धनमाल जली नष्ट
२०८०-०३-०१
- A
- A-
- A+
कैलाली- मिति २०८०।०२।३२ गते साँझतिर जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ११ बेलाताल स्थित ऐ.ऐ. बस्ने बर्ष ४९ प्रेम प्रसाद भट्टको काठले बनेको २ तले २ कोठे कच्ची घरमा विजुलीको तार सर्टहुन गई आगलागी हुदा अन्नपात, लुगाकपडा काठपात जली अ.२०,००० बराबरको सामानहरु जली नष्ट भएको छ । उक्त आगलागी दमकल, प्रहरी र स्थानियहरुको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
डडेल्धुरा- बिहिबार साँझतिर जिल्ला डडेल्धुरा पर्शुराम नपा ११ उत्तरखेडा बस्ने बर्ष ६८ को धौल सिहं भाटको काँठ र खरले छाएको १ तले १कोठे गोठ नजिक कुणो पकाउन बालेको आगोबाट अचानक गोठमा आगलागी भई गोठमा रहेका १ वटा गोरु,१ वटा गाई जली मृत्यु भएको र १वटा गोरु, १वटा गाई घाईते भएको ,उक्त आगलागी प्रहरी र स्थानियको सहयोग नियन्त्रणमा आईसकेको,ऊक्त आगलागीको क्षती बारे बिस्तृत बिबरण आउन बाँकी रहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।