जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
२०८३-०७-०९
- A
- A-
- A+
अछाम:- जिल्ला अछाम मंगलसेन न.पा. वडा नं ५ मंगलसेन बजार स्थित ऐ.ऐ. बस्ने नृप बहादुर बिष्टको घरमा जुवातास खेलिरहेको अवस्थामा नृप बहादुर बिष्ट समेत ८ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मंगलसेन,अछामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु.६९,५२५।– र तास गड्डी थान-१ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कैलाली:- धनगढी उ.म.न.पा. वडा नं ६ मटियारी स्थित ऐ.ऐ. बस्ने वर्ष ४५ को हरी दयाल रानाको घरमा जुवातास खेलिरहेको अवस्थामा हरी दयाल समेत ७ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु.४९,००५।- सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।