अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-१५
- A
- A-
- A+
कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.८८,७५०।– बराबरको विभिन्न किसिमका ईलेक्ट्रिक सामान, प्लाष्टिक पोलिथिन,कपडा र किराना लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।