अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-१४
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली भजनी न.पा.३ कुसुमघाट स्थितबाट १ ग्राम ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ र PROXIOHMSPAS नामक २८ वटा क्याप्सुल, N10 नामक २८ वटा ट्याब्लेट सहित जिल्ला कैलाली टीकापुर न.पा.५ बस्ने वर्ष २२ को रोशन सार्की सहित २ जनालाई प्रहरी चौकी जनकपुर, कैलालीबाट खटिएको प्रहरीले टोलीले शुक्रबार लु.प्र.०१-०१५प ४७८९ नम्बरको मो.सा.मा सवार निजलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.४ चटकपुर स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२७ मिलिग्राम सहित जिल्ला डोटी जोरायल गा.पा. २ बस्ने वर्ष २५ को अमर बहादुर कुँवरलाई अस्थायी प्रहरी पोष्ट चटकपुर,कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।