फरार प्रतिवादी पक्राउ
२०८३-०७-१४
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी टोलीले शुक्रबार निजहरुलाई पक्राउ गरेको छ ।
१. लागु औषध मुद्धामा १ वर्ष कैद सजाय तोकिएको जिल्ला डोटी जोरायल गा.पा.वडा नं १ बस्ने वर्ष २२ को किरण बिश्वकर्मा ।
२. चेक अनादर मुद्धामा रु. २,०००।–( दुई हजार ) जरिवाना तोकिएको जिल्ला कैलालि लम्किचुहा न.पा.४ बस्ने नन्द राज जैशी र सोही मुद्दामा रु. १०००।–(एक हजार) जरिवाना तोकिएको जिल्ला कैलालि लम्किचुहा न.पा.४ बस्ने गजेन्द्र शाही ।
३. बैन्किङ कसुर मुद्दामा ७ दिन कैद सजाय र रु.१३,५५,०००।– ( तेह्ललाख पचपन्न हजार ) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर लालझाडी गा.पा.वडा न.१ बस्ने वर्ष ३६ को सरोज चौधरी ।