अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-१३
- A
- A-
- A+
कञ्चनपुर:-
कञ्चनपुर जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका
अन्दाजी मूल्य रु.८५,२५०।– बराबरको
विभिन्न किसिमका माला, प्लाष्टिक, पटाका लगायतका सामानहरु बिहिबार जिल्ला प्रहरी
कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा
फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।