अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-१३
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर लालझाडी
गा.पा. वडा नं १ नौरङ्गा स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २
ग्राम ७५० मिलिग्राम सहित ऐ.ऐ. बस्ने वर्ष २२ को मनिष राना,ऐ.ऐ.
बस्ने वर्ष २२ को श्रवण राना र ऐ.ऐ.बस्ने वर्ष २४ को रोहित
रानालाई लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी
र प्रहरी चौकी परासन,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार बेलुका शंका लागि
चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी तिनै जनालाई पक्राउ गरेको छ । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।