फरार प्रतिवादी पक्राउ
२०८३-०७-१३
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित
जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार
रहेका निम्न प्रतिवादीहरुलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट
खटिएको प्रहरी टोलीले बिहिबार निजहरुकै घर ठेगानाबाट पक्राउ गरेको छ ।
१. सवारी ज्यान मुद्धामा ६ महिना कैद सजाय र
रु.२,०००।–(
दुई हजार) जरिवाना तोकिएको जिल्ला कैलाली घोडाघोडी न.पा. वडा नं ३
बस्ने वर्ष ३४ को बुधराम थारु ।
२.
बैङ्किङ कसुर मुद्धामा ५ दिन कैद सजाय
र रु.
४,००,०००।–( चार लाख ) जरिवाना तोकिएको जिल्ला कैलाली घोडाघोडी
न.पा. वडा नं ५ बस्ने वर्ष ३० को प्रदिप कुमार चौधरी ।