अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-१२
- A
- A-
- A+
कैलाली:-
जिल्ला कैलाली भजनी न.पा.५ कुटीबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका
अन्दाजी मूल्य रु.८१,७००।–
बराबरको विभिन्न किसिमका भाँडा वर्तन,
वच्चाका खेलौना, कस्मेटिक
लगायतका सामानहरु बुधबार वेलुकी इलाका प्रहरी कार्यालय पृथ्वीपुर,
कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे
अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध
रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.७,५६,८५०।– बराबरको
विभिन्न किसिमका कपडा, बिडी,
सुर्ति, पटका, मिठाई, मोबाईल
डिस्प्ले, मोबाईल चार्जर, मोबाईल ग्लास,
एयर फोन, स्मार्ट
वाच (घडी), मोबाईल ब्याट्री,
मोबाईल स्पिकर, माछा, बोइलर
कुखुरा लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत
कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया
पुरा गरी नियन्त्रणमा लिएको छ ।