अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-१२
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली भजनी
न.पा.३ मरियाघाटबाट
अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ७ सय २० मिलिग्राम सहित टीकापुर
न.पा.३ बस्ने वर्ष १९ को सुमित सुनार र वर्ष २० को अभिषेक बि.क.लाई इलाका प्रहरी
कार्यालय भजनी,
कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो से
४ प ७२४२ नम्बरको
मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आँउदै गरेको
अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।
यसैगरी, जिल्ला
कैलाली भजनी न.पा.५ पगियापसारबाट अवैध लागूऔषध
ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १ ग्राम १ सय १० मिलिग्राम सहित सोही
ठाउँ बस्ने वर्ष २१ को दिपक बुढा र १७ वर्षिय किशोरलाई इलाका प्रहरी कार्यालय
भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ से
७ प ७४२ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ
फेला पारी पक्राउ गरेको छ ।
यसैगरी, जिल्ला कैलाली धनगढी
उ.म.न.पा.८ बुद्धचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो
देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित जोशीपुर
गा.पा.१ बस्ने वर्ष २९ को नराज चौधरी,
वर्ष २१ को अनुप चौधरी, १८
वर्षिय किशोर र ऐ.३ बस्ने वर्ष २२ को प्रेम चौधरीलाई
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले गएराति शंका लागि चेकजाँच
गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।