प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८३-०७-१०

  • A
  • A-
  • A+
Share

   कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०८।१५ गतेको फैसलाले लागूऔषध (खैरो हिरोइन) मुद्दामा ५ महिना कैद सजाय र रु.७,०००।- ( सात हजार ) जरिवाना तोकिएको बेदकोट न.पा.५ बस्ने वर्ष ३० को महेश डगौरालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।

   डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले लागूऔषध मुद्दामा ६ महिना ३ दिन कैद सजाय र रु.१,०००।- ( एक हजार ) जरिवाना तोकिएको अमरगढी न.पा.५ तुफानडाँडा बस्ने वर्ष ३५ को रोशन गैरेलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान सहित ३ जना पक्राउ
२०८३-०७-१०

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१८ भगतपुर स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,५७,२००।- ( एक लाख सन्ताउन्न हजार दुई सय ) बराबरको मोटरसाइकलको चेन स्पोकेट, ब्रेक Shoes, प्लाष्टिक झिल्ली लगायतका सामान सहित म १ प २०२१ नम्वरको मोटरसाइकल र यु.के. ०६ ए.एस. ३९४९ नम्वरको भारतिय मोटरसाइकलमा सवार ऐ.२ बस्ने वर्ष ५० को लप्टन चौधरी, ऐ.११ बस्ने वर्ष ४४ को किशन दत्त जोशी र ऐ.१७ बस्ने वर्ष ३० को लब राज चटौत समेत तिन जनालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी, कञ्चनपुरमा पठाएको छ ।             यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ भुजेलाबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,१६,३२५।– बराबरको चप्पल, साडी, किराना लगायतका सामानहरु सोमबार दिउँसो इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   

अवैध लागूऔषध सहित मानिस पक्राउ
२०८३-०७-०९

कैलाली:- धनगढी उपमहानगरपालिका-७ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय १६ मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय आवेश राना समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी, धनगढी उपमहानगरपालिका-१२ कम्पनीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६४ मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय दिपक कुंजडा र २५ वर्षीय राम कुमार कुंजडा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी, धनगढी उपमहानगरपालिका-१२ जुगेडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९२ मिलिग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय तिलक खत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बझाङ, बित्थडचिर गाउँपालिका-८ बागथला बजारबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ५ किलो १ सय ९५ ग्राम सहित सोही गाउँपालिका-५ बस्ने ३० वर्षीय कटक जप्रेललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट खटिएको प्रहरीले चैनपुरदेखि धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ख ४२११ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी बसमा सवार उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
२०८३-०७-०९

     अछाम:- जिल्ला अछाम मंगलसेन न.पा. वडा नं ५ मंगलसेन बजार स्थित ऐ.ऐ. बस्ने नृप बहादुर बिष्टको घरमा जुवातास खेलिरहेको अवस्थामा नृप बहादुर बिष्ट समेत ८ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मंगलसेन,अछामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु.६९,५२५।– र तास गड्डी थान-१ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।     कैलाली:- धनगढी उ.म.न.पा. वडा नं ६ मटियारी स्थित ऐ.ऐ. बस्ने वर्ष ४५ को हरी दयाल रानाको घरमा जुवातास खेलिरहेको अवस्थामा हरी दयाल समेत ७ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु.४९,००५।-  सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-०९

    कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३,७७,१५०– बराबरको सुर्ति,बिडी, विद्युतिय सानो/ठुलो लाईट र साईकलका पार्टपुर्जा लगायत मो.सा. थान-१ समेत आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।       कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,१७,९६०।– बराबरको बिडी,साईकलका पार्टपुर्जा र किराना लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।