अवैध भन्सार छलिका सामान सहित ३ जना पक्राउ
२०८३-०७-१०
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला
कञ्चनपुर भिमदत्त न.पा.१८ भगतपुर स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरी
ल्याएका अन्दाजी मूल्य रु.१,५७,२००।-
( एक लाख सन्ताउन्न हजार दुई सय ) बराबरको मोटरसाइकलको चेन स्पोकेट,
ब्रेक Shoes, प्लाष्टिक
झिल्ली लगायतका सामान सहित म १ प २०२१ नम्वरको मोटरसाइकल र यु.के. ०६ ए.एस. ३९४९
नम्वरको भारतिय मोटरसाइकलमा सवार ऐ.२ बस्ने वर्ष ५० को लप्टन चौधरी,
ऐ.११ बस्ने वर्ष ४४ को किशन दत्त जोशी र ऐ.१७
बस्ने वर्ष ३० को लब राज चटौत समेत तिन जनालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय
धनगढी र जिल्ला प्रहरी कार्यालय
कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो फेला पारी आवश्यक
कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी, कञ्चनपुरमा
पठाएको छ ।
यसैगरी,
जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ भुजेलाबाट
अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,१६,३२५।–
बराबरको चप्पल,
साडी, किराना लगायतका
सामानहरु सोमबार दिउँसो इलाका प्रहरी कार्यालय गड्डाचौकी,
कञ्चनपुरबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया
पुरा गरी नियन्त्रणमा लिएको छ ।