अवैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८३-०७-११
- A
- A-
- A+
कैलाली:- जिल्ला
कैलाली धनगढी उ.म.न.पा.१ एल. एन. चोक स्थित गोदावारी न.पा.६ बस्ने वर्ष ३३ को सुरेश चौधरीले चलाएको सु.प.प्र.०१००१ च ३०२३ नम्वरको
पिकअप जिपलाई शंका लागि चेकजाँच गर्दा अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका
अन्दाजी मूल्य रु.९,६८,७६९।- ( नौ लाख अठसट्ठी हजार सात सय उनान्सत्तरी ) बराबरको
सुर्ति, किराना, जिप सहित जिल्ला
प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ फेला पारी आवश्यक
प्रक्रिया पुरा गरि निजलाई नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर:- कञ्चनपुर
जिल्लाको बिभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी
मूल्य रु.६९,५१५।- बराबरको पेय पदार्थ, खाने तेल,
बिडी, सुर्ति, नमकिन,
विउ विजन लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत
कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार वेवारिसे अवस्थामा फेला पारी आवश्यक
प्रकृया पुरा गरी नियन्त्रणमा लिएको छ ।