अवैध लागूऔषध चरेश सहित २ मानिस नियन्त्रणमा
२०८३-०७-११
- A
- A-
- A+
बझाङ:- जिल्ला
बझाङ बुंगल न.पा.४ बिजगडा बजार स्थित
वर्ष ४३ को जनक कार्कीको घर कोठाबाट ३ किलो २६५ ग्राम लागूऔषध चरेश जस्तो देखिने
कालो पदार्थ सहित निज जनक कार्की र सोही कारोवारमा संलग्न सोही न.पा.६ बस्ने वर्ष
५७ को जित बहादुर सिंह समेत दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट
खटिएको प्रहरी टोलीले घर भित्र लुकाई छिपाई राखेको अवस्थामा फेला पारी पक्राउ
गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।