अवैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८३-०७-१६
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली भजनी न.पा. वडा नं १ भजनी बजार स्थित ऐ.ऐ. वडा नं ५ बस्ने वर्ष ४३ की सुशिला रेग्मीले चलाएको से ४ प ८२१४ नम्वरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,७३,३००।– (एक लाख त्रिहत्तर हजार तिन सय ) बराबरको सुर्ति, किराना सामान र उक्त नम्बरको मो.सा. सहित इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले आईतबार फेला पारी आवश्यक प्रक्रिया पुरा गरि निजलाई नियन्त्रणमा लिएको छ ।