अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-१६
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा. २ त्रिनगर ब्यारेल स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ५ सय ६३ मिलिग्राम सहित धनगढी उ.म.न.पा. १८ फुलबारी बस्ने वर्ष ३० को बाली रावत सहित २ जनालाई प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले आईतबार बा८५प ८८०३ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।