प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलीका सामान बरामद

२०८०-०६-१५

  • A
  • A-
  • A+
Share

   कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु,भिमदत्त नगरपालिका वडा नं.१० गड्डाचौकीबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु.३,१७,७००।जुता,लेडिज सुट,साडी,मोबायलको कभर लगायतका सामानहरु र ऐ.गड्डाचौकी ब्यारेलबाट अन्दाजी मूल्य रु.१५,०००।– बराबरको मुन्ना गोला (पटाका) र बेलौरी न.पा. ६ भन्साररोडबाट  अन्दाजी मूल्य रु. ४२,६००।– बराबरको सुर्ती,सुजी,प्लाष्टिक,सोयाबिन लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.३,७५,३००।– बराबरको सामानहरु आईतबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।

    कैलाली:- जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका ३ मिलन चोकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ४४,४७०।-बराबरको चिनी,लेडिज सुट,नमकिन,साबुन,नरिवल लगायतका सामानहरु आईतबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।

यसैगरि, जिल्ला कैलाली, कैलारी गा.पा. ३ निमुवाबोझीघाटबाट अबैध रुपमा भारतबाट ल्याएका अन्दाजी मूल्य रु.,५००।– (सात हजार पाँच सय ) बराबरको बोईलर कुखुरा आईतबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रण लिई आवश्यक प्रकृया पुरा गरि नष्ट गरिएको हो । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-२९

    कैलाली:-  जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३६,३६०।– बराबरको कपडा समान,फलफुल शनिबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।     दार्चुला:-  जिल्ला दार्चुला शैल्यशिखर न.पा. ९ नकतडा भोल्याबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५४,१५०।– बराबरको कपडा, किराना लगायतका सामानहरु शनिबार बिहान इलाका प्रहरी कार्यालय गोकुलेश्वर,दार्चुलाबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।