प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलीका सामान बरामद

२०८०-०६-१८

  • A
  • A-
  • A+
Share

        कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु,भिमदत्त नगरपालिका वडा नं. ८ तिलाचौरबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ३१,७००।– बराबरको जुता,लेडिज सुट,चिनी लगायतका सामानहरु,भिमदत्त न.पा.४ शिव मन्दिर रोडबाट अन्दाजी मूल्य रु. ३९,१६०।– बराबरको चिनी,मटर दाल,प्लाष्टिक लगायतका सामानहरु र बेलौरी न.पा. ६ भन्सार रोडबाट  अन्दाजी मूल्य रु. १,४८,१००।- बराबरको चिनी,केराउ,युरिया मल,आलु,ग्याँस चुलो लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.२,१८,९६०।– बराबरको सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।

        कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु, धनगढी उ.म.न.पा. २ पुरानो भन्सार स्थित अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ५९,५००।– बराबरको क्यामराको बिभिन्न पार्टपुर्जाहरु, धनगढी उ.म.न.पा. २ ब्यारेल नजिकबाट अन्दाजी मूल्य रु.५६,७००।– बराबरको लेडिज सुट,कुर्ती,धोती,चिनी लगायतका सामानहरु र  धनगढी उ.म.न.पा. १८ थापाघाटबाट अन्दाजी मूल्य रु. २५,१६०।- बराबरको काटा चम्चा,स्टिलको बाटा,स्टिलको कचौरा,मोटरसाईकलको क्लोज पलेट लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.१,४१,३६०।– बराबरको सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।