प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित ८ जना मानिस पक्राउ

२०८३-०२-१७

  • A
  • A-
  • A+
Share

       कैलाली:-  जिल्ला कैलाली लम्किचुहा न.पा.१ बाट २३० ग्राम लागूऔषध गाँजा देखिने पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २४ को कमल चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरीले निजको घरकोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।

     यसैगरी,  टिकापुर न.पा.९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ६३० मिलिग्राम सहित सोही न.पा.१ ब्लक नम्बर १६  बस्ने बर्ष ३१ को दिनेश शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

     यसैगरी,  टिकापुर न.पा.९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ३ ग्राम २० मिलिग्राम, नाईट्रोजाम ३ क्यापसुल र स्पाजाम ८ क्यापसुल सहित सोही न.पा.७ बैद्य टोल बस्ने बर्ष २१ को खकेन्द्र साउदलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

    यसैगरी,  भजनी न.पा.६ विस्नापुरबाट ३४० मिलिग्रमा लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेहरूमा जानकी गा.पा.४ मुनुवा बस्ने बर्ष २० को प्रासिस रावत र १८ बर्षिय किशोर रहेका छन ।  जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

     कञ्चनपुर:-  जिल्ला कञ्चनपुर लालझाडी गा.पा.६ चन्देवबाट २३० मिलिग्राम लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेहरूमा जिल्ला बैतडी, पुर्चौडी न.पा.८ बस्ने बर्ष ३२ को अर्जुन धानुक र पुनर्वास न.पा.२ मोतिबस्ति बस्ने बर्ष २२ को आशिष साउद रहेका छन ।  इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरीले से ६ प ७५९ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो । 

     दार्चुला:-  जिल्ला दार्चुला महाकाली न.पा.४ बाङ्गा बगरबाट ११ ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित मार्मा गा.पा. ४ घर भई हाल बाङ्गा बगर बस्ने  बर्ष ३१ को सन्तोष बर्मा सुनारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगर, दार्चुलाबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-०१

कैलाली:- जिल्ला कैलाली घोडाघोडी न.पा.१० लठैया स्थित भित्री सडक खण्डबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १७० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २४ को जितेन्द्र चौधरीलाई आइतबार दिउँसो इलाका प्रहरी कार्यालय सुखड, कैलाली समेतबाट खटिएको प्रहरी टोलीले सु.प.प्र.०१-००८ प ५८३५ नम्वरको मोटरसाइकलमा सवार निजलाई शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी मोटरसाइकल सहित पक्राउ गरेको छ ।        यसैगरी, जिल्ला कैलाली टीकापुर न.पा.१ ब्लक नं. २९ मेन्थाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २७० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २५ को नबिन भण्डारीलाई आइतबार साँझ इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       यसैगरी, जिल्ला कैलाली टीकापुर न.पा.९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३२० मिलिग्राम सहित जिल्ला बर्दिया, राजापुर न.पा.७ भिमापुर बस्ने वर्ष २१ को अमन चौधरीलाई आइतबार साँझ प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । 

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-३१

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६३,९३०।– बराबरको बिडी, सुर्ति, किराना लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।       कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,४६,६००।– बराबरको पेय पदार्थ, विभिन्न किसिमका कपडा, पटका, झिरझिर बत्ति लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।