प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०२-१६

  • A
  • A-
  • A+
Share

    बझाङ:- जिल्ला बझाङ केदारस्यु गा.पा.९ झोता बजार स्थित अनिल होटेलबाट ८०० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेहरूमा सोही गा.पा.१ बस्ने १८ वर्षिय किशोर र जयपृथ्वी न.पा.१० बस्ने वर्ष २२ को प्रकाश श्रेष्ठ रहेका छन । लागूऔषध सेवन गरिरहेका छन भन्ने विशेष सुचनाको आधारमा अस्थायी प्रहरी प्रहरी पोष्ट झोता, बझाङबाट खटिएको प्रहरीले उनीहरूलाई होटेलको कोठाबाट उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।