प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलीका सामान सहित मानिस पक्राउ

२०८०-०६-२५

  • A
  • A-
  • A+
Share

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु, धनगढी उ.म.न.पा. १३ राजपुरबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ५३,०००।– बराबरको लेडिज सुट,धोती, रेडिमेड ब्लाउज लगायतका सामानहरु, धनगढी उ.म.न.पा.२ पुरानो भन्सारबाट अन्दाजी मूल्य रु. ३७,०००– बराबरको चिनी,लेडिज सुट,मैदा,मिश्री लगायतका सामानहरु, गौरीगंगा न.पा. १ चौमाला बजारबाट  अन्दाजी मूल्य रु. १,४८,०००।– बराबरको लेडिज सुट,लेडिज कुर्ती लगायतका सामानहरु र लम्कीचुहा न.पा.१ लम्कीबाट अन्दाजी मूल्य रु. २,०३,०००।– बराबरको जेन्स सुट,लेडिज सुट लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.४,४१,०००।– बराबरको सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ४ बस्ने बिष्णु गुप्ताले घरमा संचालन गरेको पसलमा शंका लागी चेकजाँच गर्दा निजको पसलमा र निजकै भिमदत्त न.पा.१८ मा रहेको गोदाममा अवैध रुपमा भन्सार छली गरी ल्याई राखिएका अन्दाजी मूल्य रु.९,००,००० ।-(नौ लाख) बराबरका खाद्यान्न सामाग्री र किराना सामानहरु बुधबार साँझतिर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले फेला पारी कानून बमोजिम बरामद गरि निज सहितलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-२९

    कैलाली:-  जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३६,३६०।– बराबरको कपडा समान,फलफुल शनिबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।     दार्चुला:-  जिल्ला दार्चुला शैल्यशिखर न.पा. ९ नकतडा भोल्याबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५४,१५०।– बराबरको कपडा, किराना लगायतका सामानहरु शनिबार बिहान इलाका प्रहरी कार्यालय गोकुलेश्वर,दार्चुलाबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।