लागू औषध सहित मानिस पक्राउ
२०८०-०६-२५
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला
कञ्चनपुर, बेलौरी न.पा. १० सडकघाटबाट ६२० मिलिग्राम
लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कैलाली,धनगढी उ.म.न.पा.
४ बस्ने बर्ष २९ को संजय चौधरी र ऐ. बस्ने बर्ष ३० को कृष्ण चौधरीलाई बुधबार
साँझतिर प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी
भुडा कञ्चनपुरबाट खटिई गएको संयुक्त प्रहरी टोलीले निजहरु मोटरसाईकलमा भारतबाट
नेपाल तर्फ आईरहेको अबस्थामा शंका लागी चेकजाँच गर्दा मोटरसाईकलको दाहिने पट्टिको
पाइडलको रबर भित्र लुकाई छिपाई राखेको अबस्थामा उक्त पदार्थ फेला पारी दुबै जनालाई
पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।