प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलीका सामान बरामद

२०८०-०६-२६

  • A
  • A-
  • A+
Share

 कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु, धनगढी उ.म.न.पा. ४ दक्षिणकाली स्थित अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु.५०,०००।– बराबरको जुत्ताहरु, धनगढी उ.म.न.पा. २ ट्राफिक चोकबाट अन्दाजी मूल्य रु.२२,०००– बराबरको लेडिज सुट,कुर्ती लगायतका सामानहरु, धनगढी उ.म.न.पा. ३ पुरानो भन्सार कार्यालय नजिकबाट अन्दाजी मूल्य रु. २३,५००।– बराबरको लेडिज सुट,कुर्ती,साडी,चिनी लगायतका सामानहरु र भजनी न.पा.३ कर्मदेबघाटबाट अन्दाजी मूल्य रु. २३,१००।– बराबरको चिनी,सुर्ती,ललिपप लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.१,१८,६००।– बराबरको सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा.२ बैजुडाँडाबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ४२,५८४।– बराबरको बिष्कुट,नमकिन,गुट्का,प्लाष्टिक लगायतका सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-११

    कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.६ बाणीघाट पुलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२४,०००।– बराबरको बिडी, सुर्ति, प्लाष्टिक झिल्ली लगायतका सामानहरु आईतबार राति इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको छ ।         कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५०,५८०।– बराबरको थान कपडा, सुटपिस, साडी, चप्पल, किराना लगायतका सामानहरु आईतबार दिउँसो इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको छ । 

अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-११

       कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ देवरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३२५ मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २५ को पवन चौधरीलाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ ।               यसैगरी, जिल्ला कैलाली बर्दगोरिया गा.पा.३ खैरेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३४० मिलिग्राम सहित सोही ठाउँ बस्ने १७ वर्षिय किशोरलाई आईतबार वेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ ।          यसैगरी, जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ शान्तिनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ मिलिग्राम, जरायोको जस्तो देखिने दुई सिङगे थान-१ र नगद रु.३५,८६०।- (पैतिस हजार आठ सय साठी) सहित सोही ठाउँ बस्ने २३ को कुवेर पार्कीलाई आईतबार वेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र  लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले पक्राउ गरेको छ ।

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-१०

    कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ फिस रिसोट नजिक, ऐ. ९ बङ्ग्राकटान, त्रिवेणीघाट र ऐ.१२ कम्पनी टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,७४,७००।– बराबरको चिनी, बिडी, सुर्ति, कफि, मसला, प्लाष्टिक दुना टपरी,  प्लाष्टिक झिल्ली, अटो थान-१ लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको छ ।         कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० सडकघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५२,०००।– बराबरको माछा शनिबार दिउँसो इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुर समेतबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नष्ट गरेको छ ।