प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस पक्राउ

२०८०-०७-१६

  • A
  • A-
  • A+
Share

     कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ त्रिनगर व्यारेल नजिकबाट १ ग्राम ८६० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला बैतडी,सिगास गा.पा. ९ बस्ने बर्ष २४ को सन्दिप चन्द समेत दुई जनालाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

   कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा. ८ पचुई ईटाभट्टी नजिकबाट ५.७० ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. ६ हात्तीबोझा बस्ने बर्ष २९ को जयराम रानालाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-११

    कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.६ बाणीघाट पुलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२४,०००।– बराबरको बिडी, सुर्ति, प्लाष्टिक झिल्ली लगायतका सामानहरु आईतबार राति इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको छ ।         कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५०,५८०।– बराबरको थान कपडा, सुटपिस, साडी, चप्पल, किराना लगायतका सामानहरु आईतबार दिउँसो इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको छ । 

अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-११

       कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ देवरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३२५ मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २५ को पवन चौधरीलाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ ।               यसैगरी, जिल्ला कैलाली बर्दगोरिया गा.पा.३ खैरेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३४० मिलिग्राम सहित सोही ठाउँ बस्ने १७ वर्षिय किशोरलाई आईतबार वेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ ।          यसैगरी, जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ शान्तिनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ मिलिग्राम, जरायोको जस्तो देखिने दुई सिङगे थान-१ र नगद रु.३५,८६०।- (पैतिस हजार आठ सय साठी) सहित सोही ठाउँ बस्ने २३ को कुवेर पार्कीलाई आईतबार वेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र  लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले पक्राउ गरेको छ ।

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-१०

    कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ फिस रिसोट नजिक, ऐ. ९ बङ्ग्राकटान, त्रिवेणीघाट र ऐ.१२ कम्पनी टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,७४,७००।– बराबरको चिनी, बिडी, सुर्ति, कफि, मसला, प्लाष्टिक दुना टपरी,  प्लाष्टिक झिल्ली, अटो थान-१ लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको छ ।         कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० सडकघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५२,०००।– बराबरको माछा शनिबार दिउँसो इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुर समेतबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नष्ट गरेको छ ।