प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा चार जनाको मृत्यु

२०८०-०७-१९

  • A
  • A-
  • A+
Share

डोटी:-जिल्ला डोटी, शिखर न.पा. वडा नं. ०६ अण्यौल स्थित के.आई. सिंह राजमार्गमा धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप एक्कासी अनियन्त्रित भइ सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेर आईतबार बिहान अन्दाजी ०२:२८ बजेतिर दुर्घटना हुँदा उक्त बोलेरोमा सवार चालक सहित १० जना मध्ये,सवार जिल्ला बाजुरा हिमाली गा.पा. ५ बस्ने बर्ष २२ की राधिका मलाल,ऐ. बस्ने बर्ष ३२ की धनशोभा बुढा,ऐ. बस्ने धनशोभा बुढाको छोरा बर्ष अन्दाजी ६ को कबिन्द्र बुढा,ऐ. बस्ने बिमला मलाल कि छोरी अन्दाजी ८ महिना की प्रार्थना मलालको घट्नास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनमा घाइते भएका बोलेरोमा सवार अन्य ५ जनाको शैलेश्वरी अस्पताल दिपायल डोटीमा उपचार भईरहेको छ ।  बोलेरो चालक जिल्ला बाजुरा,गौमुल गा.पा. वडा नं. ४ काँडाकोट बस्ने बर्ष २१ को महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।