प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

२०८०-०७-२०

  • A
  • A-
  • A+
Share

 कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ ब्लु स्टार होटलमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.१ कालागौडी घर भई धनगढी कोठागरी बस्ने बर्ष ३५ को हेमराज अवस्थी समेत ३ जनालाई आईतबार साँझतिर प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी,कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु. ६७,६५६।–(सतसठ्ठी हजार छ सय छपन्न ) र तास ३ गड्डी सहित पक्राउ गरेको हो । यस  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

     यसैगरि, जिल्ला कैलाली, घोडाघोडी न.पा.१ सुन्दरपुर स्थित मानिस नबस्ने खाली कटेरोमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाँउ बस्ने बर्ष ४२ को हेम कार्की समेत ४ जनालाई आईतबार राती प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुखड,कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु. ६३,२५०।- (त्रिसठ्ठी हजार दुई सय पचास ) र तास १ गड्डी सहित पक्राउ गरेको हो । यस  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
सवारी दुर्घटनामा दुई जनाको मृत्यू
२०८३-०१-०२

    कैलाली:- मिति २०८३।०१।०१ गते १८:१० बजेको समयमा जिल्ला कैलाली लम्कीचुवा न.पा.वडा नं.७ गुलरा स्थित पुर्ब पश्चिम राजमार्गमा सु.प.प्र.०१-००१ ज १४२१ नं को हाईसले  बिपरित दिशा तर्फ जादै गरेको सु.प.प्र.०१-१३प ५१३९ नं मोटरसाईकललाई ठक्कर दिंदा मो.सा.मा सवार  जिल्ला कैलाली लम्किचुहा न.पा.८ बस्ने बर्ष ३३ को गगन राना मगर र ऐ.ऐ.बस्ने बर्ष २४ को पुष्प सुनार दुबै जना गम्भिर घाइते भइ उपचारको लागी टिकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा दुबै जनाको मृत्यू भएको, हाईस प्रहरीको नियन्त्रणमा, चालकको खोजतलास भईरहेको । हाईस धनिलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।