आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
२०८०-०७-२०
- A
- A-
- A+
कञ्चनपुर:-
जिल्ला कञ्चनपुर,कृष्णपुर न.पा.२ बंक बस्ने धन बहादुर चन्दको दुई तले
कच्ची भान्छा घरसँगै जोडिएको भैँसी बाँध्ने गोठमा झिँगा धपाउन भनि बालेको आगो
सल्किन गई आईतबार आगलागी हुँदा गोठमा रहेको पराल,भुसा,काठपात लगायतका सामानहरु गरि अन्दाजी रु.२,००,०००।-(दुई लाख) बराबरको धनमाल जलेर नष्ट भएको छ भने मानविय तथा चौपाया
क्षेती नभएको । उक्त आगलागी प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा
नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।