प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८०-०७-२२

  • A
  • A-
  • A+
Share

 कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १ बालुवाघाटबाट ६०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.३ बस्ने १८ बर्षिय किशोर समेत दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

   कञ्चनपुर:- जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा. २ बंक स्थित “होटल माँ डिलासैनी गेष्ट हाउस एण्ड लज”बाट  ९२.४२ ग्राम लागू पदार्थ चरेश जस्तो देखिने कालो पदार्थ सहित होटेल सञ्चालक बर्ष ४८ को पदम बहादुर कार्कीला मंगलबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले निजले आफ्नै घरमा सञ्चालन गरेको उक्त होटेलमा चेकजाँच गर्दा उल्लेखित पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

   यसैगरि, जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१० गड्डाचौकीबाट २.०७ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित  ऐ. बेदकोट न.पा.६ बस्ने बस्ने वर्ष २७ को चक्र घटाल र ऐ.बस्ने वर्ष २४ को दिल्ली राज भाटलाई मंगलबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिई गएको प्रहरी टोलीले  शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी निज दुबै जना सहित स्कुटी थान १ प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार
अनलाईन ठगी गर्ने गिरोह पक्राउ
२०८०-०८-०७

धनगढी, ७ मंसिर            अनलाईन मार्फत ठगी गरेको अभियोगमा धनगढी उपमहानरपालिका-५ तारानगरबाट ५ जना नेपाली नागरिक र ४ जना भारतीय नागरिक गरी जम्मा ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पर्नेहरुमा जिल्ला डोटी,शिखर नगरपालिका-१० बस्ने २१ वर्षीय प्रशान्त बलायर, जिल्ला,कञ्चनपुर पुर्नवास नगरपालिका-६ बस्ने २९ वर्षीय मिन बहादुर सुनार, जिल्ला कञ्चनपुर,बेलडाडी गाउँपालिका-२ बस्ने ३० वर्षीय विशाल सुनार, सोही ठाउँ बस्ने २८ वर्षीय कमल सुनार, २२ वर्षीय जयराम सुनार, भारत दिल्ली पालङ्गा बस्ने ३२ वर्षीय अमित कुमार, भारत उत्तमनगर दिल्ली बस्ने २६ वर्षीय कुनाल शर्मा, भारत करोलबाग दिल्ली बस्ने २४ वर्षीय निखिल कुमार र भारत दिल्ली बस्ने १९ वर्षीय प्रिन्सु टापु रहेका छन् ।             जिल्ला कैलाली,धनगढी उप-महानरपालिका-५ तारानगर स्थित शिवदत्त पाण्डेयको घरमा बिशाल सुनार समेतले अबैध रुपमा आई.टी. सेक्टर सञ्चालन गरी विभिन्न बहानामा मनी लाउण्डरिङ, दुर्घटना बिमा लगायत विषयमा प्रलोभनमा पारी बिशेष गरि पोल्याण्ड लगायतका नागरिकहरुलाई VICIDIAL सफ्टवेयरको प्रयोग गरि अनलाईन ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २९ लाख ३२ हजार ३ सय भारतीय रूपैयाँ, ल्यापटप ११ थान, मोबाइल ९ थान, वाईफाई राउटर १, हेडफोन १२ थान र किबोर्ड १ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अबैध भन्सार छलीका सामान बरामद
२०८०-०७-२२

 कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ पुरानो भन्सार नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ७,८७०।- बराबरको चिनी,पानीपुरी,नरिवल,ललिपप,लेडिज सुट लगायतका सामानहरु र  धनगढी उ.म.न.पा. ३ पुलिस बोडिङ्ग स्कुल नजिकबाट अन्दाजी मूल्य रु. २५,०००।- बराबरको मिठाई,लेडिज सुट,कुर्ता लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.३२,८७०।–बराबरको सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो । कञ्चनपुर:- जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा. १० झलारी स्थित सडक किनाराबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. १२,६००।- बराबरको चिनी,तेल,मिठाई लगायतका सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
२०८०-०७-२२

डडेल्धुरा:- जिल्ला डडेल्धुरा, अमरगढी न.पा.२ भेल स्थित चन्द्र भण्डारीको पुरानो कुखुरा फर्म भित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाँउ बस्ने बर्ष २४ को बिरेन्द्र खडायत समेत ९ जनालाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु. १३,०३५।- (तेह्र हजार पैतिस)  र  तास ३ गड्डी सहित पक्राउ गरेको हो । यस  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   अछाम:- जिल्ला अछाम, पञ्चदेवल बिनायक न.पा.३ कागतोला बस्ने बल बहादुर शाहीको बाँझो घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाँउ बस्ने बर्ष ३५ को बिनोद शाही समेत ९ जनालाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिनायक अछामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु. ३६,१००।-  र  तास ४ गड्डी सहित पक्राउ गरेको हो । यस  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।