प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध भन्सार छलिका सामान बरामद

२०८०-०९-१२

  • A
  • A-
  • A+
Share

कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु,धनगढी उ.म.न.पा.२ ट्राफिकचोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८२,५६०।-बराबरको प्याज,मिठाई,पास्ता,प्लाष्टिक,चप्पल,नरिवल,ललिपप लगायतका सामानहरु उ.म.न.पा.१२ जुगेडाबाट अन्दाजी मूल्य रु. १,५९,०००।-बराबरको प्याज सहित मोटरसाईकल थान-१ र भजनी न.पा.८ स्थित काडाभिटाबाट अन्दाजी मूल्य रु. ५,०००।-बराबरको चक्लेट, बच्चाले खाने चुरन,मिठाई लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु. २,४६,५६०।– बराबरको सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा  लिएको हो ।         

कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१० भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३०,०००।-बराबरको चिनी,माइक्रोनी,प्लाष्टिक,वायरिङको सामान,सोडा लगायतका सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा  लिएको हो । उल्लेखित सामाहरु आवश्यक कारवाहीको लागी प्रहरीले  भन्सार कार्यालय गड्डाचौकीमा पठाइएको हो ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।