प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डल्लव र मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालकको मृत्यु

२०८३-०३-११

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.४ ठानापुर स्थित सोही ठाउँ बस्ने बर्ष ४५ को श्रीराम चौधरीले चलाएको डल्लब र बर्दगोरिया गा.पा.४ मुडा बस्ने बर्ष ४० को रुपलाल बादीले चलाएको सु.प.प्र.०१-०१२ प २१८३ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिदा मोटरसाईकल चालक गम्भिर घाईते भई उपचारको लागि टिकापुर अस्पताल कैलाली हुँदै वयस्टर्न अस्पताल नेपालगंज, वाँके लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा गएराति मृत घोषणा गरेको हो । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।