अबैंध भन्सार छलिका सामान बरामद
२०८०-०९-१७
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. २ ट्राफिक चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२०,३२६।–बराबरको प्याज,आन्टि, ललिपप,प्लाष्टिक कचौरा, सामान बाध्ने रसिरबर,बिडि लगायतका सामानहरु सोमबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
यसैगरी:- जिल्ला कैलाली,गोदावरी न.पा.३ मालाखेति चौकिडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७५,०००।–बराबरको भारतिय मटर ३००kg, सोमबार राति प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, पुनर्वास न.पा. ६ ङ गाउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १६,०००।- बराबरको कुरकुरे ,चिप्स, नम्किन लगायतका सामानहरु प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।