प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८०-०९-२४

  • A
  • A-
  • A+
Share

कैलाली:- जिल्ला कैलाली, भजनी न.पा.४ कुडीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ६०,०००।–बराबरको सुर्ति,प्लाष्टिको झोला,प्लाष्टिकको त्रिपाल,Candy Melts लगायतका सामानहरु र धनगढी उ.म.न.पा.३  भन्सार कार्यालय नजिकबाट अन्दाजी मूल्य रु.५१,१९०।–बराबरको चिनी,प्याज,मैदा,मटर,लेडिज स्विटर,मखमल दोपट्टा लगायतका समानहरु गरी जम्मा अन्दाजी मुल्य रु.१,११,१९०।– बराबरको सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

कञ्चनपुर:- जिल्ला कञ्चनपुर, कृष्णपुर.न.पा.२ मछेली पुल नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३९,३२०।–बराबरको खेलौना,टफि,मसला लगायतका सामानहरु र भिमदत्त न.पा.१० बिद्युत कार्यालय अगाडी पुर्व पश्चिम राजमार्गबाट अन्दाजी मूल्य रु. १,२०,३४०।–बराबरको किरानाका सामान,मोटर पार्टस,जुता,चप्पल, खाद्यान्न लगायतका सामानहरु गरी जम्मा अन्दाजी मुल्य रु.१,५९,६६०।– बराबरको सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

यसैगरी:- जिल्ला कञ्चनपुर, लालझाडी गा.पा.४ देखतभुलीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,८०,५००।–बराबरको माछा,चिनी, काले मामा नामक चुरन,मोटरसाईकल थान-१ सहित ऐ. कृष्णपुर न.पा.२ वाणी वस्ने वर्ष २३ को विजय चौधरीलाई सोमबार राती प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो साथै सोही ठाउँबाट अन्दाजी मूल्य रु.१,५२,९००।–बराबरको माछा,चिनी,आन्टी नामक स्विट सुपारी, मोटरसाईकल थान-१ समेत सोमबार राती प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरागरी नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा दुई जनाको मृत्यू
२०८३-०१-०२

    कैलाली:- मिति २०८३।०१।०१ गते १८:१० बजेको समयमा जिल्ला कैलाली लम्कीचुवा न.पा.वडा नं.७ गुलरा स्थित पुर्ब पश्चिम राजमार्गमा सु.प.प्र.०१-००१ ज १४२१ नं को हाईसले  बिपरित दिशा तर्फ जादै गरेको सु.प.प्र.०१-१३प ५१३९ नं मोटरसाईकललाई ठक्कर दिंदा मो.सा.मा सवार  जिल्ला कैलाली लम्किचुहा न.पा.८ बस्ने बर्ष ३३ को गगन राना मगर र ऐ.ऐ.बस्ने बर्ष २४ को पुष्प सुनार दुबै जना गम्भिर घाइते भइ उपचारको लागी टिकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा दुबै जनाको मृत्यू भएको, हाईस प्रहरीको नियन्त्रणमा, चालकको खोजतलास भईरहेको । हाईस धनिलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।