अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-०६
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली,ध.उ.म.न.पा.१ त्रिबेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४,५००।–बराबरको प्याज,हरियो मटर,पानीपुरी,पापड लगायतका सामानहरु, ऐ. ३ ब्यारेल नजिकबाट अन्दाजी मूल्य रु. २६,१७०।–बराबरको चिनी,प्याज,चना,मिठाई,साबुन,मैदा लगायतका सामानहरु र लम्कीचुहा न.पा.१ पञ्चकोशी स्थित सडकको छेउबाट अन्दाजी मूल्य रु. ४८,६००।–बराबरको मिठाई,सुर्ति,पानीपुरी,बिडी,चुरन लगायतका सामानहरु गरी जम्मा अन्दाजी मुल्य रु.७९,२७०।- बराबरको सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ ऐंठपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,२९,२००।–बराबरको ग्रीस,पेन्ट,साईकलको टायर,ट्युब, तिल्ली,मोबिल,जि.आई.पाईप,लेडिज सुट,धोती लगायतका सामानहरु र पुनर्वास न.पा.११ राम जानकी टोलबाट अन्दाजी मूल्य रु. १५,०००।- बराबरको प्याज गरी जम्मा अन्दाजी मुल्य रु.१,४४,२००।- बराबरको सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।