जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
२०८३-०१-१६
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली टीकापुर
नगरपालिका वडा न.२ बिजयनगर स्थित ऐ.ऐ.बस्ने वर्ष ४५ को आशाराम चौधरीको घरगोठमा
जुवातास खेलिरहेको अवस्थामा निज आशाराम चौधरी सहित ११ जनालाई मंगलबार राती प्रहरीले
पक्राउ गरेको छ । जुवातास खेलिरहेका छन भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी
कार्यालय टीकापुर,कैलालीबाट खटिएको प्रहरीले निजहरूलाई नगद रु.२२,९०५।– र ४ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान
गरिरहेको छ ।