प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

२ जना फरार प्रतिवादी पक्राउ

२०८३-०१-१६

  • A
  • A-
  • A+
Share

   कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बहुविबाह मुद्दामा १८ दिन कैद सजाय र रु.५,०००।– जरिवाना तोकिएको जिल्ला कैलाली धनगढी उ.म.न.पा.१८ बस्ने गोमा बोहरा बयडीलाई इलाका प्रहरी कार्यालय बहुलिया,कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।

  कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०२।३० गतेको फैसलाले अपहरण तथा व्यक्ति बेपत्ता सम्बन्धी कसुर मुद्दामा १० वर्ष कैद सजाय र रु.३,००,०००।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर शुक्लाफाँटा न.पा. १० बस्ने वर्ष ४५ को मोहन सिह ऐरीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउसो जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ४ दशरथचोक निजकैबाट पक्राउ गरेको हो । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।