प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट ४ चौपायाको जलेर मृत्यू

२०८३-०१-१६

  • A
  • A-
  • A+
Share

  बझाङ :-  जिल्ला बझाङ मष्टा गा.पा.५ द्धारी बस्ने राजेन्द्र कठायतको ढुङगा माटोले बनेको दुई तले दुई कोठे कच्ची घरमा गएराती आगलागी हुँदा गोठमा बाधेका २ वटा  गोरुको जलेर मृत्यु भएको हो । आगलागीबाट घर पुर्ण रुपमा जलेको, मानविय क्षती केही नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो । 

   बैतडी :-  जिल्ला बैतडी सिगास गा.पा.५ ठुला खोला स्थित जगनाथ धामीको खरले छाएको गोठमा मंगलबार दिउसो आगलागी हुँदा २ वटा भैसीको जलेर मृत्यु भएको र २ वटा भैसी जली घाईते भएका छन । आगलागीबाट गोठ जलेर नष्ट भएको हो, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।