प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध भन्सार छलिका सामान बरामद

२०८०-१०-०७

  • A
  • A-
  • A+
Share

कैलाली:- जिल्ला कैलाली,ध.उ.म.न.पा.२ बालुवाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २८,८००।–बराबरको कोट,स्विटर,हाईनेक,जर्सी लगायतका सामानहरु, ऐ. ३ त्रिनगर ब्यारेल नजिकबाट अन्दाजी मूल्य रु. २०,२३०।–बराबरको चिनी,प्याज,चना,मिठाई,साबुन,झिल्ली,स्याम्पु,खुर्सानी लगायतका सामानहरु, ऐ. ९ बग्राकटानबाट अन्दाजी मूल्य रु. २४,८९०।–बराबरको प्याज,हरियो मटर,चना,मसला,सिमला मिर्च लगायतका सामानहरु, ऐ. १० चकमेलीघाटबाट अन्दाजी मूल्य रु. ३५,७००।–बराबरको मोबिल,भाँडा बर्तन,स्विटर,हाईनेक,टाउजर,सुट,बिडी लगायतका सामानहरु र टिकापुर न.पा.९ खक्रौलाबाट अन्दाजी मूल्य रु. १,१०,०००।–बराबरको प्याज गरी जम्मा अन्दाजी मुल्य रु.२,१९,६२०।- बराबरको सामानहरु शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ बिधुत्त कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,०१,५९५।–बराबरको कपडा,जुत्ता,पोलिथिन,गुड,चिनी,मिश्री,पेठा,तेल,चियापत्ती,जिरा,दाल लगायतका सामानहरु र ऐ.शुक्लाफाँटा न.पा.१२ कालागौडी स्थित बेलौरी सडक खण्डबाट अन्दाजी मूल्य रु. ८०,८००।–बराबरको भाँडा बर्तन, प्लाष्टिकको डोरी लगायतका सामानहरु गरी जम्मा अन्दाजी मुल्य रु.१,८२,३९५।- बराबरको सामानहरु शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-२९

    कैलाली:-  जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३६,३६०।– बराबरको कपडा समान,फलफुल शनिबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।     दार्चुला:-  जिल्ला दार्चुला शैल्यशिखर न.पा. ९ नकतडा भोल्याबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५४,१५०।– बराबरको कपडा, किराना लगायतका सामानहरु शनिबार बिहान इलाका प्रहरी कार्यालय गोकुलेश्वर,दार्चुलाबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।