प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट जलेर भैँसीको मृत्यु

२०८०-१०-१४

  • A
  • A-
  • A+
Share

बझाङ:-जिल्ला बझाङ, मष्टा गा.पा. ७ तल्लो ठगुन्ना बस्ने दुर्घु धामी र जबरे बोहराको संगै जोडिएको गोठमा शनिबार राती अचानक आगलागी हुँदा उक्त आगलागीबाट दुवै गोठमा क्षती हुनुका साथै दुर्घु धामीको गोठ भित्र रहेको १ वटा भैसी जलेर मृत्यु भएको र १ वटा गोरु जलेर घाईते भएको हो । आगलागीबाट मानविय क्षती नभएको र उक्त आगलागी स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-०१

     कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.१ ब्लक नम्बर १४  बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ११० मिलिग्राम र लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ ७ ग्राम ५६० मिलिग्राम सहित सोही न.पा.९ बस्ने बर्ष २० को पुष्प साउद समेत ६ जनालाई विहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।       यसैगरी, जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट २८० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही न.पा.१ बस्ने बर्ष ३० को कुबेर बनलाई विहीबार वेलुकी प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले बा ७८ प १५१५ नम्बरको स्कुटरमा सवार निजलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, स्कुटर सहित पक्राउ गरेको हो ।