अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-१०-१९
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.७ कलुवापुरबाट ०.८१ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष १९ को नसिब राना र बर्ष २२ को बिजय रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रैकवार कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले खान तलासी गर्दा नसिब रानाको घरबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।